दक्षिण कोरियामा चिसोको रेकर्ड, नदी नै जम्यो

दक्षिण कोरियामा चिसोले रेकर्ड बनाएको छ । राजधानी सियोलको बीच भाग भएर बग्ने हान नदी नै जमेको छ । त्यहाँको न्यूनतम तापक्रम माइनस २० डिग्री सेल्सियससम्म पुगेको छ ।

पछिल्लो ३० वर्षको आँकडालाई अध्ययन गर्दा उक्त नदी यसपटक चार दिन पहिले नै जमेको हो । कोरियाली मौसम विभागका अनुसार मंगलबार सियोलको तापक्रम माइनस १६ डिग्री रहेको थियो ।

सन् १९०६ देखि हान नदी जम्दै आइरहेको छ । बुसान शहरमा पनि यसपटक सबैभन्दा बढी चिसो महसुस गरिएको छ ।

शुक्रबारसम्म यही गतिमै मौसम रहने पनि विभागले जनाएको छ । तापक्रम घटेसँगै सियोलमा गिम्पो अन्तर्राष्ट्रिय विमानस्थलसहित आधा दर्जन एयरपोर्टमा २३ वटा फ्लाइट स्थगित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close