अस्ट्रेलियामा २७ वर्षीय नेपाली विद्यार्थी मृत फेला

अस्ट्रेलियाको ‘दक्षिण अस्ट्रेलिया’ राज्यमा २७ वर्षीय नेपाली युवा मृत अवस्थामा फेला परेका छन्।

काठमाडौँ घर भई सन् २०१५ मा विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका उनी सन् २०१८ मा सिड्नीबाट एडिलेड गएका थिए।

मृतक आइतबार आफ्नै घरको ग्यारेजमा मृत अवस्थामा भेटिएको प्रहरीलाई उद्धृत गर्दै दक्षिण अस्ट्रेलियाका लागि अवैतनिक महावाणिज्यदूत दिपक धमलाले जानकारी दिए।

‘सँगै बस्ने साथीभाइले उनले आत्महत्या गरेको आशङ्का गरेका छन् । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्टमार्टमका लागि पठाएको छ। विस्तृत विवरण त्यसपछि मात्र थाहा होला । हामीले परिवारसँगको कुराकानीपछि शवलाई नेपाल पठाउन आवश्यक छलफल र गृहकार्य गरिरहेका छौं’, वाणिज्यदूत धमलाले बताए।

एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा दक्षिण अस्ट्रेलिया राज्यका संयोजक नवीन पन्तले मृतकको परिवारसँग सम्पर्क भइसकेको जानकारी दिए। साथै उनले प्रहरीले कारवाही सकेर शव बुझाएपछि नेपाल पठाइदिन समेत उनका आफन्तले अनुरोध गरेको जानकारी दिए।

‘प्रवासको नेपाली समुदायमा फेरि एउटा दुःखद् घटना भएको छ । हामीले आवश्यकताअनुसार अर्थ सङ्कल गरेर परिवारको इच्छाअनुसार शवलाई नेपाल पठाउने व्यवस्था मिलाउने प्रयत्न गरिरहेका छौं’, संयोजक पन्तले भने ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close