अमेरिकामा ५१ लाख ९९ हजार बढीमा कोरोना संक्रमण

अमेरिकामा कोरोना भाइरसको संक्रमणले ५१ लाख ९९ हजारभन्दा बढी संक्रमित भएका छन् ।

सोमबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ४७ हजार ८४९ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५१ लाख ९९ हजार ४४४ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म २६ लाख ६४ हजार ७०१ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २३ लाख ६९ हजार १२६ जनामध्ये १७ हजार ८१२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५३४ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ६५ हजार ६१७ पुगेको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close