
भारतमा पछिल्लो चौबिस घण्टामा १ लाख ५९ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार भारतमा १ लाख ५९ हजार ६३२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । सोही दिन कोरोनाका भारतमा ३२७ जनाको मृत्यु भएकोछ ।
हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ५ लाख ९० हजार रहेको छ । कोरोना भाइरसका कारण हालसम्म भारतमा ४ लाख ८३ हजार ७९० जनाले ज्यान गुमाइसकेका छन् ।
भारतमा ओमिक्रोन भेरियन्टका संक्रमित निरन्तर बढीरहेका छन् । भारतमा हालसम्म ३ हजार ६२३ जनामा ओमिक्रोन संक्रमण पुष्टी भइसकेको छ ।