
चीनको वुहानमा कोरोना संक्रमण भएर निको भएका ९० प्रतिशत मानिसको फोक्सो अझैं निको नभएको सार्वजनिक भएको छ। निको भएका ५ प्रतिशत संक्रमितमा फेरि परीक्षण नतिजा पोजेटिभ देखिएपछि क्वारेन्टिनमा राखिएको छ।
संक्रमण भएर निको भएकाहरुको स्वास्थ्य अवस्थामाथि अनुसन्धान गरिरहेको वुहान विश्वविद्यालय अन्र्तगतको झोंगनान अस्पतालका निर्देशक पेंग जियोंगको टोलीले गरेको नमुना अनुसन्धानमा यस्तो देखिएको हो।
उनीहरुले गत अप्रिलबाट संक्रमण निको भएका केही मानिसहरुमाथि अनुसन्धान थालेका थिए। त्यसअनुसार तीमध्ये ९० प्रतिशत मानिसको फोक्सो अझैं पनि निको नभइसकेको देखिएको हो, भने ५ प्रतिशत मानिसमा फेरि संक्रमण देखिएको छ।
बुधबार सार्वजनिक भएको अध्ययन अनुसार चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले उल्लेख गरे अनुसार निर्देशक पेंगको टीमले १०० जना कोरोना निको भएका मानिसहरुमाथि अध्ययन गरेको थियो।
पहिलो चरणको यो अनुसन्धान जुलाईमा सकिएको र संक्रमित मानिसहरुको औसत उमेर ५९ वर्ष रहेको बताइएको छ। ९० प्रतिशतको फोक्सो ड्यामेज अवस्थामा रहेको भन्नुको अर्थ उनीहरुको फोक्सोमा रहेका प्वालहरुले श्वासप्रश्वासका क्रममा अझैं पनि सामान्य मानिसको जसरी काम गर्न असम्भव पाइएको हो।
५ प्रतिशत मानिसको परीक्षण फेरि पोजेटिभ पाइएपछि उनीहरुलाई क्वारेन्टिमा राखिएको छ। यद्यपि उनीहरुमा फेरि संक्रमण भएको हो या हैन् भन्ने कुरा भने स्पष्ट छैन्।
त्यस्तै सबै संक्रमितहरुको प्रतिरक्षा प्रणाली समेत राम्रोसँग काम गर्न सक्षम नभएको अध्ययनले देखाएको छ।अस्पतालका निर्देशक एवं अनुसन्धानकर्ता पेंगले, संक्रमितहरुको प्रतिरक्षा प्रणाली अझैं निको हुने क्रममा रहेको बताए।