सबैले दायित्व पुरा गरे मात्रै शिक्षाको गुणस्तर बढ्छ ःमन्त्री बुढाक्षेत्री

सुर्खेत,१ फागुन ।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सबैले आ—आफ्नो दायित्व पुरा गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रभात माध्यामिक विद्यालय भेरीगंगा—१० को नवनिर्मित भवनको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।
‘बालबालिकालाई गुणस्तरीय शिक्षा दिनका लागि अभिभावक, विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति र सबै तहका सरकारले आ—आफ्नो दायित्व पुरा गर्न जरुरी छ,’मन्त्री बुढाक्षेत्रीले भने, ‘शिक्षाको माध्यमबाट मात्रै कर्णालीको विकास अगाडी बढ्छ । गुणस्तरीय शिक्षाका लागि प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयले कुनै कसर बाँकी राख्ने छैन’ उहाले बताउनु भयो ।

सरकारी तहबाट आउने विकास निर्माणलाई समयमा सम्पन्न गरी पार्दशिता अपनाउन मन्त्री बुढाक्षेत्रीले स्थानीय जनप्रतिनिधिलाई निर्देशन समेत दिएका छन् ।
उनले शिक्षा नै विकासको मेरुदण्ड भएकोले शिक्षालाई प्रदेश सरकारले पनि प्राथमिकताका साथ राखेको बताउनु भयो ।
यस्तै भेरीगंगा नगरपालिकाका नगरप्रमुख भुपेन्द्र बहादुर चन्दले प्रदेश सरकारबाट पालिकामा भए गरेका विकास निर्माणप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्न अनुरोध गर्नु भयो ।
शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशकी निर्देशक दीपा हमालले प्रदेशकै पहिलो चरणमा मन्त्रीले गरेको शिलान्यासलाई समयमा नै काम सम्पन्न गर्न सके राम्रो हुने बताउनु भयो । कार्यक्रममा भेरीगंगाकी नगर उपप्रमुख रेणु आचार्य, वडा नम्बर १० वडाअध्यक्ष मान बहादुर बुढा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन बहादुर पुन लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close