नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

ठमाण्डौ । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । मध्यरातमा भट्टराईको निधन भएको खबर प्राप्त भए पनि मृत्यु हुनुको कारण जानकारीमा आएको छैन । यद्यपी हृदयघातका कारण निधन भएको ओम अस्पताल स्रोतले जनाएको छ ।

विरामी भएपछि भट्टराईको ओम अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको कलाकार तथा संचारकर्मी रन्जित पौडेलले बताए । विस्तृत जानकारी लिने प्रयास गर्दा अधिकांश कलाकारको मोबाइल स्वीच अफ थियो ।

२०७५ चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई वोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । अध्यक्ष हुनुअघि भट्टराई लामो समयदेखि चलचित्र निर्माण तथा अभिनयमा व्यस्त थिए ।

आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु लगायतका हिट चलचित्र भट्टराईले निर्माण गरेका हुन् । पछिल्लो पटक २१ चैतमा उनले निर्माण गरेको नयाँ चलचित्र ’यात्रा’ प्रदर्शन भएको थियो ।

यसअघिकी अध्यक्ष निकिता पौडेलले २२ माघमा पदबाट राजीनामा दिएकी थिइन् ।एक दिनअघि मात्रै अर्का कलाकार दिपक क्षेत्रीको निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close