नातिको सम्झनामा विद्यालयमा अक्षय कोष स्थापना

सुर्खेत,१३ माघ । दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ५ निवासी खड्क बहादुर चन्दले आðनो स्र्गीय नाति शिव कुमार चन्दको सम्झनामा उनी अध्ययनरत विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् ।

माइलो छोरा चित्र बहादुर चन्दको जेठो छोरा नाति शिव २०७० साल विद्यालय निर्माण गर्ने क्रममा गाडी दुर्घटनामा परी मृत्यु भएको थियो । उनैको सम्झनामा पार्वती माध्यामिक विद्यालय गुराँस गाउँपालिका — ५ गोगनपानीमा ५० हजार रुपैयाँको ‘शिव कुमार चन्द स्मृती अक्षय कोष’ को स्थापना गरेका हुन् । उक्त अक्षय कोषबाट आएको ब्याजले विद्यालयमा अध्ययनरत अनाथ, असाहय, गरिब र जेहेन्दार विद्यार्थीलाई प्रत्येक वर्ष पुरस्कार वितरण गरिने अक्षय कोष संकलन कर्ता रुद्र बहादुर चन्दले जानकारी दिए । यस्तै विद्यालयको नवनिर्मीत चार कोठे भवन उद्घाटन गरिएको छ ।

२० लाख प्रदेश सरकारको र १६ लाख गुराँस गाउँपालिकाको गरी ३६ लाखको लागतमा बनेको भवन प्रदेश सभा सांसद तथा नेकपाका नेता धर्मराज रेग्मी र गाउँपालिकाका अध्यक्ष खेमराज वलीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । भवन उद्घाटनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्क बहादुर चन्द विभिन्न राजनीतिक दल, अभिभावक, विद्यार्थी, शिक्षक लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close