माओवादी केन्द्रको जुम्ला पालिकामा अभियान सुरु

नेकपा माओवादी केन्द्रले देशभर पालिका अभियान थाल्ने भएको छ । जस अन्तरगत जुम्लामा पनि अभियान थालिएको छ ।
माओवादीकेन्द्रका केन्द्रीय सदस्य तथा इन्चार्ज नरेश भण्डारीले देशभर पार्टी सुदृढ गर्न अभियान थालिएको बताए । उनका अनुसार सोही अनुसार जिल्लामा कमान्ड गर्ने नेताहरू पनि खटाइएको छ ।
१७ गते जिल्ला समन्वय समितिको बैठक, १८ गते अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम तय गरिएको छ । समृद्ध जुम्लाका लागि सुदृढ माओवादी भन्ने मूल नाराका साथ अभियान थालिएको हो ।
इन्चार्ज भण्डारीका अनुसार सबै स्थानमा आज ११ बजेबाट कार्यक्रम हुदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close