Murti

बागमती प्रदेशमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरियो

बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ।
खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले शनिबार बेलुकी ८ बजे प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा बुझाउनु भएको हो।
पार्टीको निर्णयानुसार भन्दै राजीनामा दिएको उहाँले बताउनु भयो।
मुख्यमन्त्री निवासमा राप्रपाका थापासँगै पर्यटन, उद्योग तथा सहकारी मन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्टले पनि राजीनामा दिनुभएको छ।
केन्द्रमा पनि शनिबार राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेपछि मन्त्रीहरूले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएका थिए।
राष्ट्रपति निर्वाचनको उम्मेदवार मनोनयनका बेला नयाँ गठबन्धन बनेपछि राप्रपाले सरकारबाट हट्ने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close