Murti

कोरोनाविरुद्धको ‘भ्याक्सीन’को दौडमा यी तीन नाम सबैभन्दा अगाडि, कुन कहिले लञ्च हुन्छन ?

काठमाडौं । हरेक दिन लाखौँ कोरोनाका केसहरू आईरहेका छन्। कोरोनाका कारण अहिलेसम्म ६ लाख भन्दा धेरै मानिसहरुको मृत्यु भईसकेको छ भने डेढ करोडभन्दा धेरै मानिसहरु यसबाट संक्रमित भएका छन् ।

विश्वका २१३ वटा देशहरुमा फैलिसकेको कोरोना भाइरसको संक्रमण गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहान शहरमा देखिएको थियो । अहिले धेरै देशहरूमा, सम्भावित खोपहरू द्रुत रूपमा विकास भइरहेका छन् । साथै भ्याक्सीनको परीक्षण पनि सञ्चालन भइरहेका छन् ।

एक रिपोर्टका अनुसार संसारभर १६० भन्दा बढी कोरोना खोप उत्पादन भइरहेका छन्। जसमध्ये २६ वटा मानव परीक्षणको अन्तिम चरणमा पुगेका छन्। कोरोनाबाट बच्नको लागि मानिसहरु भ्याक्सीनको आशा गरिरहेका छन् । तर सबैभन्दा अगाडि रहेका तीन वटा भ्याक्सीनको बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ । यी भ्याक्सीनहरू रूस, यूनाइटेड किंगडम (यूके) र भारतमा बनिरहेका छन् ।

रुसको भ्याक्सीन

पहिलो नम्बरमा रसियाको रूसी कोरोना भ्याक्सीन रहेको छ । रुसको सेचेनोभ युनिवर्सिटीले बनाउँदै गरेको कोरोनाविरुद्धको भ्याक्सीन अहिलेसम्म सबैभन्दा अगाडि रहेको छ ।

उसले विश्वको पहिलो कोरोनाभाइरस खोपको सफलतापूर्वक परीक्षण पूरा गरिसकेको दाबी गरेको छ।

ट्रान्सलेशन मेडिसिन एण्ड बायोटेक्नोलजी वुतिम तारासोभ संस्थानका निर्देशक अलेक्जेण्डर लुकाशेभका अनुसार यो खोपका लागि परीक्षण गरिएका व्यक्तिहरूले विश्वको पहिलो कोरोना भाइरसविरुद्धको खोप सफलतापूर्वक परीक्षण गरीएको दाबी गरेका छन् ।

रसियाको द गेमली इन्स्टिच्युट अफ एपिडेमिलोजी एण्ड माइक्रोबायोलॉजीु द्वारा तयार गरिएको खोपको मानव परीक्षण १८ जुनदेखि शुरू भएको छ ।

अलेक्ज्याण्डर लुकाशेभ भन्छन्, यस सम्पूर्ण अध्ययनको उद्देश्य मानव स्वास्थ्यको संरक्षणको लागि कोरोना भाइरस खोप सफलतापूर्वक तयार गर्नु हो। लुकाशेभका अनुसार यो छिट्टै बजारमा उपलब्ध हुनेछ।

अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सीन

दोस्रो नम्बरमा रहेको भ्याक्सीन अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले बनाएको खोप हो।

यो कोरोना खोपको मानव परीक्षण अझै भइरहेको छ र यसको राम्रा नतीजाहरु बाहिर आएका छन्।

रिपोर्टका अनुसार अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको यो खोपको उत्पादनले सेप्टेम्बरमा थोक उत्पादन पनि शुरु गर्नेछ। प्रतिवेदनका अनुसार यो खोप नोभेम्बर सम्म लञ्च हुन सक्छ।

आईसीएमआरको भ्याक्सीन

तेस्रो नम्बरमा रहेको भ्याक्सीन हो भारतीय चिकित्सा अनुसंधान संगठन, (आईसीएमआर) । यसलाई एन्टी कोभिड भ्याक्सीन भनिन्छ।

यो १५ अगस्टमा लञ्च गरिने बताइएको छ । समाचारका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसको अवसरमा यो खोपको लञ्च गर्नेछन् । तर विज्ञहरूका अनुसार भारतमा विकास भइरहेको यो खोपको लागि लामो यात्रा गर्नु आवश्यक छ ।

एम्स निर्देशक डा. रणदीप गुलेरियाका अनुसार यो खोप कहिलेसम्म आउँछ भन्ने मिति भन्न गाह्रो भएको बताउँछन् ।

एजेन्सीको सहयोगमा

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close