सुर्खेतमा एक लाख बढीले पाउने भए टाइफाइड विरुद्धको खोप

सुर्खेत । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जिल्लाका एक लाख बढी बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाउने भएको छ । यहाँका नौं वटै स्थानीय तहमा रहेका अनुमानित एक लाख ३५ हजार बालकालिकाहरुलाई खोप लगाउन लागेको हो ।
राष्ट्रिय कार्यक्रम अन्तरगत नै सुर्खेतमा तीन चरणमा यो अभियानको शुरुवात गर्न लागिएको छ । पहिलो चरणमा यहीँ चैत २५ गते वीरेन्द्रनगर, दोस्रो चरणमा चैत २६ गते भेरीगंगा नगरपालिका, चैत २८ गते गुर्भाकोट नगरपालिका, चैत २९ गते बराहताल र चिंगाड गाउँपालिका तथा लेकवेसी नगरपालिकामा खोप अभियान सञ्चालन गर्न लागेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए । उनकाअनुसार आगामी बैशाख ३ गते चौकुने र सिम्ता गाउँपालिकामा खोप अभियान शुरु गरिनेछ ।
सिम्तामा सात हजार ८४१, चिंगाडमा पाँच हजार ९१५, लेकवेशीमा आठ हजार ३९७, गुर्भाकोटमा १२ हजार ९९७, भेरीगंगाका ११ हनार ८१९, वीरेन्द्रनगरका २२ हजार २३९, बराहतालका सात हजार ८३५, पञ्चपुरीका १० हजार ६२६ र चौकुनेका आठ हजार ७९८ जनालाई टाइफाइड रोग विरुद्धको खोप लगाइनेछ ।

जन्मेको १५ महिना पुगेका बालकालिकालाई पहिलो खोप लगाइने प्रमुख गौतमले बताए । सुर्खेतमा आर्थिक वर्ष २०७६र७७ मा तीन हजार ४२६, २०७७र७८ मा चार हजार ५२८ र चालु आर्थिक वर्षको हालसम्म दुई हजार ८३६ जनामा टाइफाइड रोगको संक्रमण देखिएको गौतमले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close