लागूऔषधसहित युवक पक्राउ

झापाको बाह्रदशी गाउँपालिका-३ स्थित बस बिसौनीबाट १३ ग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

सोही स्थानका २७ वर्षीय मिलन भुजेललाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close