२५ हजार घुससहित कार्यालय प्रमुख पक्राउ

सुर्खेत,१४ वैशाख । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई स्याउ जोन कार्यालय डोल्पाका कार्यालय प्रमुख २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
जोन कार्यालयका प्रमुख हस्तमुल्ला खा लाई मंगलबार दिउँसो दुई बजे अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय सुर्खेतबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
अनुदानको रकम बाफत सेवाग्राहीबाट लिइसकेको पुष्टि भएपछि खा लाई उनकै कार्यकक्षबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका सुचना अधिकारी रमेश गौतमले जानकारी दिए ।
उनका अनुसार सुर्खेतबाट दुई जनाको टोली गएको थियो । पक्राउ परेका खा माथि थप अनुसन्धान भइरहेको अख्तियार सुर्खेतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close