वीरेन्द्रनगरमा सञ्चालन हुने महोत्सवको सम्पुर्ण तयारी पुरा

वीरेन्द्रनगरमा भोलीबाट सञ्चालन हुने लागेको तेस्रो कर्णाली एक्सपोको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । कर्णाली प्रदेश रंगशालाको उत्तरतर्फको मैदानमा सञ्चालन हुन लागेको महोत्सवको सबै तयारी पुरा भएको सुर्खेत उद्योग बाणिज्य संघले जनाएको छ । कार्यक्रमको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले गर्ने जनाइएको छ ।

 

कर्णालीका रैथाने बालीको प्रवद्र्धन र सम्वद्र्धन तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा उद्यमीका उत्पादनलाई विशेष स्थान दिइ प्रर्दशन गरिने सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए । महोत्सव स्थलमा अहिले पाँच सय स्टल निर्माण भएका छन् । कर्णाली प्रदेश उद्योग, पर्यटन, जडीबुटीलगायत अन्य स्रोत तथा साधनहरूको प्रचार–प्रसार गरिने, पर्यटकीय क्षेत्रहरूको प्रचार गर्ने, कर्णालीको रैथाने बालीको व्यावसायिक खेती तथा प्रचार–प्रसार, औषधिजन्य जडीबुटीको पहिचान, खेती र बजारीकरण, खनिजहरूको खोजतलास, तथा व्यापारिकरण गर्न यस मेलाले सहयोग पु¥याउने विश्वास लिएको कँडेलले बताए ।

साथै, महोत्सव प्रवेश गर्ने मुख्य गेटमा कर्णालीकै प्रमुख धार्मिक पर्यटकीय स्थल देउती बज्यैको प्रतिमा निर्माण गरिएको छ। साथै, महोत्सवमा सेल्फी प्वाइन्टहरु राखिएको छ । महोत्सवमा स्थानीय कलाकारसँगै राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको सहभागी रहने संघले जनाएको छ । महोत्सव फागुन २२ गते सञ्चाmन हुने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close