
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले अहिलेसम्मकै ठुलो अफर बजाज ग्राण्ड एक्सचेन्ज मेला सुर्खेतमा आयोजना गरेको छ । यही भदौं ११ देखि १६ गतेसम्म सुर्खेतको मंगलगढी चोकको पुरानो वसपार्कमा यस एक्सचेन्ज मेला सञ्चालन भइरहेको हो ।
यस ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकहरूले आफ्नो साधन अपग्रेड गर्न सक्ने सुर्खेतको बजाजको आधिकारिक विक्रेता असिम अटोपार्टका लक्ष्मण कंडेलले बताउनु भयो ।
यस एक्सचेन्ज मेलामा ग्राहकहरूले मात्र नागरिकताको आधारमा सजिलै बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन् । कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज बाइक लैजान सकिने यस एक्सचेन्ज मेलामा अतिरिक्त रु.१०,०००/- भ्यालुएसन प्रदान गरिने कंडेलले बताउनु भयो ।
साथै, अन–द–स्पट फाइनान्स सुविधा र मासिक किस्ता सुविधामा बाइक खरिद गर्न सकिनेछ । नयाँ जीवनको तयारी बजाजको सवारी भन्ने ट्यागलाइनको साथ सञ्चालन भइरहेको यस ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकहरूले रु.७५००।– सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।
बजाज ग्राण्ड एक्सचेन्ज मेलामा निःशुल्क एसेसारिज ९हेल्मेट, बाइक कभर, लेग गार्ड, ल्यापटप ब्याग आदि० पनि प्रदान गरिनेछ ।





