बुटवलको होटलमा बसेकामा कोरोना देखियो, स्थानीय त्रसित

केही दिन यता नेपालमा समुदाय स्तरमा पनि कोरोनाभाइरस संक्रमण देखिन थालेको छ । झापाको मेचीनगरमा समुदायमा कोरोनाभाइरस संक्रमण भएको आशंकामा मास टेस्टिङ सुरु गरिएको छ ।

उता, वीरगन्जमा पनि अब कोरोना समुदाय तहमा फैलिएको आशंका गरिएको छ । त्यहाँ एक महिनामा ५० हजारको कोरोनाभाइरस परीक्षण गर्न सकिने बताइएको छ ।

यता, बुटवलमा अब एक होटलमा बस्दै आएका तीन जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुटवल उपमहानगरपालिकाले दिएको जानकारीअनुसार यी तीन जना ७ गतेदेखि उक्त होटलमा बस्दै आएका थिए ।

होटलमा संक्रमित भेटिएपछि होटलका चार कर्मचारीलाई पनि क्वारेन्टिनमा पठाइएको छ । योसँगै स्थानीयमा त्रास पनि बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close