समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओलि सरकार नछाड्ने

काठमाडौं, ७ मंसिर । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सत्ता नछाड्ने भएका छन् । उनलाई सत्ता छाड्न निकटस्थबाटै दबाब आएपनि नछाड्ने बहाना निकालेका छन् । संविधान संशोधनको अन्तिम प्रयास गर्ने भन्दै यादवले तत्काल सरकारबाट नहट्ने तर्क पार्टीका प्रभावशाली नेताहरुसँग गरेका छन् ।

स्वास्थ्यमन्त्रीका रुपमा भारतमा आयोजित एक कार्यक्रममा भाग लिइरहँदा उनी कानुनमन्त्रीमा परिणत भइसकेका थिए । अपमान गर्ने गरी चालिएको कदमप्रति यादवले सार्वजनिक रुपमा केही बोलेका छैनन् । तैपनि, प्रधानमन्त्री केपी शर्मा ओली निकटस्थसँग असन्तुष्टि पोखिसकेको बुझिएको छ ।

यादव उपप्रधान तथा कानुनमन्त्री बनाइएका छन् । यो उनका लागि संविधान संशोधन गरेर देखाउन चुनौती पनि हो । यसैलाई बहाना बनाएर यादव सत्तामै रहिरहन चाहेका छन् । उनको यो शैलीप्रति समाजवादीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई, प्रभावशाली नेताहरु अशोक राई, राजेन्द्र श्रेष्ठले सरकार छाड्न दबाब दिदै आएका छन् । तर, यादवले मानेका छैनन् । यादवको पछिल्लो शैलीप्रति उनी निकटस्थ भनी चिनिएकी रेणु यादवले पनि असन्तुष्टि जनाइसकेकी छिन् ।

यादव सरकार छाड्न डराइरहेको चर्चा पनि चलिरहेको छ । उनी मधेशी जनअधिकार फोरमको अध्यक्ष हुँदा रौतहटको गौरमा भएको हिंसाको फाइल खोलिने विषय उठेको छ । यादवले सरकार छाड्नेवित्तिकै यो विषयको अनुसन्धान अगाडि बढ्नसक्ने देखेर अपमान सहेर भएपनि सरकारमा बस्न चाहेका छन् ।

यसैगरी, सरकार पुर्नगठनपछि कसरी अगाडि बढ्ने भन्नेबारे समाजवादी पार्टीको बैठक बस्दैछ । अपरान्ह चार बजे बस्ने बैठकले सरकारमा रहने या बस्ने निर्णय लिनेछ । केही पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्णायक वार्ता गरेर टुंगोमा पुग्नेबारे सुझाव दिइसकेका छन् । नेता रकम चेम्जोङले प्रधानमन्त्री ओलीसँग फाइनल कुरा हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close