
चीनले आइतवार पानीमा पनि ल्याण्ड गर्न सक्ने हवाइजहाज परीक्षण गरेको छ । एजी ६०० नाम दिइएको उक्त जहाज परीक्षणका क्रममा पूर्वी चीनको स्यानडोङ प्रान्तस्थित समुद्रमा ल्याण्ड गराइएको थियो ।
उक्त जहाज समुद्रबाट टेक अफ गरेको थियो । आइतवार स्थानीय समयअनुसार बिहान १० बजेर १८ मिनेट जाँदा भएको परीक्षण उडानका क्रममा उक्त उभयचर जहाजले समुद्रबाटै टेक अफ गरेर समुद्रमै अवतरण गरेको थियो ।
समुद्रबाट उडान शुरू गरेको जहाज ३१ मिनेट आकाशमा उडेको जहाज चीनको उड्ययन निर्माण कम्पनी एभीआईसीले जनाएको छ ।