कोरोना अपडेट : संक्रमितको संख्या २ करोड २ लाख, के छ सार्क राष्ट्रको अवस्था?

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड २लाख नाघेको छ। बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड २ लाख ७ हजार ११  जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ५१ लाख ४० हजार ५ सय १२ पुगेको छ। त्यस्तै  ब्राजिलमा ३० लाख ५७ हजार ४ सय ७०, भारतमा २२ लाख ६८ हजार ६ सय ७५  र रुसमा ८ लाख ९५ हजार ६ सय ९१ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ लाख  ३९ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार ७ लाख ३९ हजार ८ सय ९८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा १ लाख ६४ हजार ५ सय २८, ब्राजिलमा १ लाख १ हजार ७ सय ५२, बेलायतमा ४६ हजार ६ सय ११ , मेक्सीकोमा  ५३ हजार ९ सय २९ , इटालीमा ३५ हजार २ सय १५जनाको मृत्यु भएको छ।

विश्वभर एक करोड २४ लाख ६० हजार ३ सय ८१ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।

बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा २३ लाख ९६ हजार ८ सय ६०  , अमेरिकामा १७ लाख १४ हजार ९ सय ६०, रुसमा ७ लाख १ हजार ७ सय ९६ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि २३ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १६ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएका छन् भने ८३ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या  २२ लाख ६८ हजार ६ सय ७५ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४५ हजार २ सय ५७  पुगेको छ। भारतमा हालसम्म १५ लाख ८३ हजार ४ सय ८९ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म २ लाख ८५ हजार १ सय ९१ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार १ सय १२  जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ६१ हजार २ सय ४६  जना उपचारपछि निको भएका छन्।

श्रीलंकामा संक्रमितको संख्या २ हजार ८ सय ८० रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ६ सय २२ रहेको छ।

बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ५ सय ३ पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार ४ सय ७१ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  १ लाख ५१ हजार ९ सय ७२ छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३७ हजार २ सय ६९ पुगेको छ। अफगानिस्तानमा १ हजार ३ सय ४४ जनाको मृत्यु भइसकेको छ भने २६ हजार ४ सय १५ उपचारपछि निको भएका छन्।

भुटानमा संक्रमितको संख्या ११३ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ९७ छ।

माल्दिभ्समा संक्रमितको संख्या ५ हजार २ सय २३ रहेको छ। मृत्यु हुनेको संख्या २० छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ८ सय ४९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close