अमेरिकामा एकैदिन १ लाख ६१ हजार भन्दा धेरै कोरोना संक्रमित थपिए

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

अहिलेसम्म सारा विश्वमा कोरोना भाइरसका कारण १४ लाख ७३ हजार ९२० जनाको मृत्यु भएको छ भने ६ करोड ३५ लाख ८९ हजार २७८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४ करोड ३९ लाख ८४ हजार ११२ जना संक्रमण मुक्त भएका छन् भने १ लाख ६ हजार ४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा अहिलेसम्म २ लाख ७४ हजार ३३२ जनाको मृत्यु भएको छ भने १ करोड ३९ लाख १९ हजार ८७० जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८२ लाख २२ हजार ८७९ जना संक्रमण मुक्त भएका छन् भने ५४ लाख २२ हजार ६५९ जनाको उपचार भईरहेको छ ।

त्यस्तै २५ हजार ३०७६जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको टेक्सासमा २२ हजार ५७ जनाको मृत्यु भएको छ भने १२ लाख ६७ हजार ४८६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै क्यालिफोर्नियामा हालसम्म १२ लाख ३४ हजार २३२ जनालाई संक्रमण भएको छ भने १९ हजार २१० जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा हालसम्म ९ लाख ९९ हजार ३१९ जनालाई संक्रमण भएको छ भने १८ हजार ९८५ जनाको मृत्यु भएको छ ।

त्यस्तै सोमवार त्यहाँ १ लाख ६१ हजार ५८६ जना संक्रमित भएका छन् भने १ हजार २३८ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close