सुर्खेतमा रेडियो नेपालको ७२ औं वार्षिकउत्सव मनाईयो

चैत २०, सुर्खेत ।
रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतले रेडियो नेपालको ७२ औं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । प्रादेशिक प्रसारण केन्द्र सुर्खेतले आज प्रसारण केन्द्र परिसरमा आयोजना गरेको कार्यमक्रममा बोल्र्दै कार्यालय प्रमुख निर्देशक गोपल थापाले समय सुहाउँदो नवीनतम् प्रविधिहरुको उपयोग गर्दै कर्णालीको कला, साहित्य, गीतसंगीत र संस्कृतिको संरक्षणमा रेडियो नेपाल जुटिरहेको बताउनु भयो । उहाँले अहिलेपनि निष्पक्ष, तथ्यपूर्ण, विश्वसनीय, भरपर्दो समाचार र सूचना प्रवाह रेडियो नेपालबाट मात्र हुने विश्वास आम नागरिकमा रहेको जिकिर गर्नु भयो ।
प्रादेशिक प्रसारण केन्द्रका वरिष्ठ कार्यक्रम अधिकृत आनन्द पन्तले कर्णालीका गाउँबस्ती र दूर दराजसम्म आफ्नो प्रसारण पहुँच पु¥याएको रेडियो नेपालले आम नागरिकको अपेक्षा अनुरुपका कार्यक्रम र समाचार उत्दान गर्दै अघि बढिरहेको जानकारी दिनु भयो । उहाँका अनुसार रेडियो नेपालले देशभरका २६ रिले स्टेशनबाट २१ भाषामा समाचार र २० भाषामा कार्यक्रमहरु प्रसारण गर्दै आएको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका वरिष्ठ प्रशासकीय अधिकृत नविनप्रकाश शाक्यले रेडियो नेपालले कर्णालीका आम श्रोता अपेक्षा अनुरुपका कार्यक्रमहरु प्रसारण गरिरहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close