बुधबार कोरिया र मलेसियाबाट २ सय ८३ नेपाली फर्किए

 बुधबार विदेशमा समस्या परेका २ सय ८३ नेपाली मात्रै स्वदेश फर्किएका छन्। कोरिया र मलेसियाबाट उनीहरु स्वदेश फर्किएका हुन्।

कोरियन एयरको जहाजमार्फत कोरियाबाट २ सय ४७ र मलेसियन एयरलाइन्समार्फत ३६ जना स्वदेश फर्किएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ।

बिहीबार विदेशमा अप्ठ्यारो परेका नेपालीहरुको स्वदेश फिर्तीका लागि ४ वटा उडान तय गरिएको विमानस्थलले जनाएको छ। युएईबाट ३ र चीनबाट १ गरी ४ उडान तय गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close