कोरोनाको डरले वृद्ध दम्पत्तिद्धारा आत्महत्या, यस्तो छ सुसाइड नोट

मानिसमा मृत्युदेखि कति डर होला । त्योभन्दा बढी डर त पीडाले मर्नुपर्ने वा विछोडिनुको पीडा बढी छ ।

अहिले त्यही पीडा कोरोना भाइरसले दिएको छ । भारतको हैदरावादको एक दम्पत्तिले कोरोनाको डरले ज्यान लिएका छन् । उनीहरु विगत १० दिनदेखि बिरामी थिए ।

कोरोना हुन डरले विष सेवन गरेर शुक्रबार राति आत्महत्या गरे ।

उनीहरुले यो कदम खैराताबादको आफ्नो भाडाको घरमा उठाएका हुन् । पुलिसले सुसाइड नोट फेला पारेको छ ।

६३ वर्षीय वाइबी नायडु र ६० वर्षीया वाइबी लक्ष्मी आफ्ना बच्चाहरुसंग बस्दथे । १० दिनदेखि उनीहरुलाई रुघाखोकी लागिरहेको थियो ।

उनीहरुलाई लाग्यो कि दुवैलाई कोरोना भाइरस लागेको छ । शुक्रबार राति उनीहरुले कोठाको ढोका लगाएर सफ्ट डिङ्कमा विष मिसाएर पिए ।

अर्को दिन उनका छोरा राजुले ढोका खोल्न ढक्ढकाए । जवाफ नआएपछि राजु र उनका भाइले ढोका फोडे । दुवै जमीनमा मृत फेला परेका थिए ।

भास्कर दैनिकले अगाडि लेखेको छ, पुलिसले तत्काल थाहा पाएर कोठाको तलासी लिएको छ । त्यहाँ सुसाइड नोट पनि फेला परेको छ ।

उक्त नोट लक्ष्मीले लेखेकी हुन् । उक्त नोटमा आफूहरुलाई कोरोना संक्रमित भएको लागेको महसुस भएको र आफ्नो परिवारलाई बचाउनका लागि आत्महत्या गरेको उल्लेख छ ।

पुलिसले शव नियन्त्रणमा लिएर कोरोना भाइरसको जाँच गराउने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close