अमेरिकामा टिकटकको सञ्चालन स्वामित्व किन्ने प्रयासमा माइक्रोसफ्ट

प्रविधि क्षेत्रको अमेरिकी जाइन्ट माइक्रोसफ्टले टिकटकको अमेरिकामा सञ्चालन अधिकार खरिदका लागि वार्ता जारी रहेको बताएको छ ।

माइक्रोसफ्टका प्रमुख सत्य नडेलाले यससम्बन्धमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि छलफल गरेको कम्पनीले आइतबार जानकारी दिएको छ ।

चिनियाँ स्वामित्वको एप्लिकेशन टिकटकका कारण सुरक्षा खतरा बढेको भन्दै ट्रम्पले प्रतिबन्ध लगाउने बताउँदै आएका छन् ।

माइक्रोसफ्टले टिकटकका सम्बन्धमा पूर्ण रुपले सुरक्षा मूल्यांकन हुने जनाएको छ । माइक्रोसफ्टले अमेरिकी सरकारलाई टिकटकबाट हुने सक्ने आर्थिक फाइदाको सूचि पनि बुझाएको छ ।

आउँदो सेप्टेम्बर १५ सम्ममा टिकटकको मातृ कम्पनी बाइट डान्ससँगको वार्ता पूरा हुने अपेक्षा रहेको माइक्रोसफ्टले जनाएको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close