अस्ट्रेलियासँग माफी नमाग्ने चीनको अड्डी

नको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले आपत्तिजनक तस्वीर पोस्ट गरेको भन्दै त्यसका लागि माफी माग्नुपर्ने अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको मागलाई चीनले अस्वीकार गरेको छ ।

सोमवार बिहान झाओले एक बालकको घाँटी अस्ट्रेलियाली सैनिकले काट्न लागेको नक्कली तस्वीर पोस्ट गरेपछि अस्ट्रेलिया आक्रोशित भएको हो ।

चीनको परराष्ट्र मन्त्रालयकी अर्की प्रवक्ता हुआ चुनयिङले स्कट मोरिसनको मागलाई खारेज गर्दै अफगानी नागरिक मारेकोमा अस्ट्रेलिया लज्जित हुनुपर्ने बताएकी छन् ।

‘अफगानिस्तानमा सैनिक पठाउने निर्णय अस्ट्रेलियाले लिएको हैन ? उनीहरूका सैनिकले यस्तो बर्बर काम गरेकोमा अस्ट्रेलिया सरकारलाई लाज लाग्नुपर्ने हैन ? अफगानिस्तानका निर्दोष नागरिकलाई मारेकोमा उनीहरूलाई लाज लाग्नुपर्ने हैन ?’ हुआले भनिन् ।

अफगानिस्तानमा खटिएका अस्ट्रेलियाका विशेष बलका सैनिकले निर्दोष अफगानी नागरिकको हत्या गरेको खुलासा ब्रेरेटन प्रतिवेदनमा भएपछि चीनले अस्ट्रेलियालाई चिढ्याइरहेको छ । चीन र अस्ट्रेलियाबीच अहिले व्यापारयुद्ध चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close