
बराहताल गाउँपालिका–४ मा निर्माण हुन लागेको तरङ्गा अस्पतालको पाँच शैया भवन को शिलान्यास गरिएको छ। बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले उक्त भवनको शिलान्यास गरेका हुन्।
स्थानीय बासिन्दाको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले अस्पताल भवन निर्माणको योजना अघि सारिएको हो। निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, स्वास्थ्यकर्मी तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो। भवन निर्माण कार्य छिटो सम्पन्न गर्न सरोकारवाला पक्षहरू प्रतिवद्ध रहेको बताइएको छ





