Murti

गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति छः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति रहेको बताउनुभयो।
बिहीबार विराटनगर विमानस्थलमा संवाददातासँग कुरा गर्दै ओलीले गृह मन्त्रालय रास्वपाले पाउने सहमति सत्ता गठबन्धनमा पहिला नै भएको र अहिले पनि त्यो कायम रहेको बताउनुभयो।
ओली नेपाल उद्योग परिसंघ प्रदेश १ ले गरेको कोशी एक्स्पोको उद्घाटन गर्न आज विराटनगर पुग्नुभएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल गृह मन्त्रालय रास्वपालाई नदिने पक्षमा हुनुहुन्छ निरु भन्ने प्रश्नमा ओलीले सत्ता गठबन्धन यसअघि भएको सहमतिमा दृढ रहेको बताउनुभयो।
‘पहिला रविजी गृहमन्त्री हुनुभयो। गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको हो। अब उहाँहरू कसलाई गृहमन्त्री बनाउनु हुन्छ, त्यो रास्वपाको कुरा हो,’ ओलीले भन्नुभयो।
माओवादी नेताहरू राष्ट्रपति राष्ट्रिय सहमतिको वकालत गरिरहेका छन्, राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई जिताएर गृहमन्त्रीसहित अरू मन्त्रालय दिएर कांग्रेसलाई सत्तामा ल्याउने चर्चा भइरहेको छ निरु भन्ने अर्को प्रश्नमा ओलीले भन्नुभयो,कांग्रेस त गृह राज्यमन्त्री दिए पनि अहिले सरकारमा आउँछ। राष्ट्रपतिमा चाहिँ एमालेकै उम्मेदवार निर्वाचित हुनुहुन्छ।
अध्यक्ष ओलीले सत्ता गठबन्धनमा अहिले कुनै पनि खटपट नभएको दाबी गरे।
‘हाम्रा राजनीतिक एजेन्डा र प्रतिवद्धता छन्। ती एजेन्डा र प्रतिवद्धता पूरा गर्न बाँकी भएकाले गठबन्धन कायम रहन्छ, कुनै समस्या हुन्न,’ ओलीले भन्नुभयो।

 

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close