माओवादीले यथास्थितिमा सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने

आज बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएकाले यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको हो ।
बैठकले यसबारे केन्द्रीय कार्यालयलाई पत्र पठाउने निर्णय गरेको समेत माओवादीका सांसद अक्कल रावलले जानकारी दिनुभयो । मुख्यमन्त्री शाहले आइतबार विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close