Murti

वामदेव गाैतमलाई भेट्न भैसेपाटी पुगे दाहाल

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल उपाध्यक्ष वामदेव गौतमको निवास भैसेपाटी पुगेका छन्। अहिले गौतमसँग दाहालले सम्वाद गरिरहेका छन्।

केहीबेर अगाडि दाहाल भैसेपाटी पुगेका हुन्। “पार्टीको पछिल्लो अवस्थाबारे अध्यक्षसँग छलफल चलिरहेको छ”, गौतमको सचिवालय स्रोतले भन्यो। १३ साउनमा साँझ अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि गौतमलाई भेट्न परिवार सहित भैसेपाटी पुगेका थिए।

गौतमले ६ बुँदे प्रेस नोट जारी गर्दै आफ्नो पोजिसन राखेका छन्। एकताको महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्ष ओली नै प्रधानमन्त्री हुने प्रस्ताव गौतमले गरेका छन्। उक्त प्रस्ताव आएको साँझ नै ओली भैसेपाटी पुगेका थिए।

गौतमको प्रस्तावमा दाहाललाई सम्पूर्ण अधिकार सहितको कार्यकारी अध्यक्ष बनाउनुपर्ने उल्लेख छ। गौतमको मध्यमार्गी प्रस्ताव आएपछि नेकपा विवादले पनि मोड लिएको छ। स्थायी कमिटी बैठकबारे छुट्टा–छुट्टै निर्णय लिएका ओली–दाहाल आइतबार देखि लगातार छलफलमा छन्।

गएको १० असारदेखि शुरु भएको स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ भने १३ साउनदेखि अनिश्चित भएको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close