ओली आफ्नो अडानमा टसमस नभएपछि बालुवाटारबाट निस्किए प्रचण्ड

केही दिनसम्मको संवादहीनतालाई तोड्दै नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार पनि बालुवाटारमा छलफल भएको छ । आइतबार तीन घन्टासम्म भएको भेटवार्तामा कुनै ठोस सहमति भएन । सोमबार सोमबारको छलफल पनि बिना निष्कर्ष टुंगिएको छ ।

ओली र प्रचण्डबीच छलफलअघि जनैपूर्णिमाको शुभकामना आदान प्रदान भएको थियो । झलनाथ खनाललाई लिएर बालुवाटार पुगेका प्रचण्डले स्थायी कमिटी र केन्द्रीय समिति बैठक बोलाउनुपर्ने धारणा राखेका थिए । तर, ओलीले सचिवालय बैठकबाटै विवादित विषयमा निरुपण गर्नुपर्ने अडान राखेपछि छलफल विना निष्कर्ष टुंगिएको हो । सचिवालय बैठकमा ओलीको बहुमत छ । स्थायी कमिटी र केन्द्रीय समितिमा भने उनी अल्पमतमा छन् ।

दुुवैतर्फबाट अडान यथावतु रहेपछि मंगलबार पुनः बस्ने गरी छलफल बिना निष्कर्ष टुंगिएको प्रधानमन्त्री ओलीको निजी सचिवालय स्रोतले बतायो । गत १३ साउनमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहुमत स्थायी समिति सदस्यहरुको बैठक गरेपछि नेकपाभित्रको अन्तरसंघर्ष उत्कर्षमा पुगेको थियो ।

उनीहरुले प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने माग राख्दै आएका छन् । तर, ओलीले दुवै पद नछोड्ने अडान राख्दै बाँकी विषयमा सहमति खोजेर जान सकिने प्रस्ताव गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close