सफलताको बाटोमा पाँच फिल्मकर्मी

फिल्मको डेब्यू भूमिकाबाट नै सफल बनेका व्यक्तिहरु लामो समय उक्त सफलतालाई कायम राख्न सक्दैनन् । सदाबहार रुपमा सफल रहिरहन पनि सकिदैन । काम गर्दै जाँदा सफल व्यक्तिले पनि असफलता पाउन सक्छ । सुरुवाती कामबाट नेपाली रजतपटमा सफलता पाएका व्यक्तिहरु छन् जसको फिल्मी यात्राले असफलता पाउला भन्न सकिदैन । सुरुवाती कामबाट नेपाली रजतपटमा सफलता पाएका र सक्रिय व्यक्तिहरुः

दीपाश्री निरौला
दीपाश्री निरौला निर्देशकहरुमा सफल निर्देशकका रुपमा परिचित नाम हो । उनले निर्देशन गरेका फिल्महरु बक्स अफिसमा असफल भएका छैनन् । निरौलाको निर्देशकको रुपमा डेब्यू फिल्म ‘छक्का पन्जा’ हो । यसको तेस्रो सिरिजसम्म बक्स अफिसमा सफल भएको थियो । उनी सफल फिल्ममा ह्याट्रिक गर्न सफल भएकी छिन् ।

फिल्मको चौँथो भागलाई तेस्रो सिरिजबाट सिक्वेलको रुपमा कथा अघि बढाइने निर्माण टीमले जनाएको छ । निरौलाकै निर्देशन रहने सो फिल्म अर्को वर्षको दशैँमा रिलिज हुनेछ । फिल्मको पाश्र्व गायन, निर्माता तथा अतिथि कलाकारको रुपमा समेत उनी सक्रिय छिन् । निर्देशक बन्नु अघि उनी कलाकार तथा आरजे थिइन् ।

प्रदीप भट्टराई
सफल फिल्ममा ह्याट्रिक गर्न सफल अर्का निर्देशक हुन् प्रदीप भट्टराई । उनको निर्देशकीय रुपमा डेब्यू फिल्म हो ‘शत्रुगते’ । त्यस पछि उनले ‘जात्रा’ र ‘जात्रै जात्रा’ निर्देशन गरे । फिल्म बक्स अफिसमा सफल रह्यो । भट्टराई निर्देशित फिल्महरुले व्यापारिक रुपमा र समीक्षात्मक रुपमा सफलता पाउने गरेको छ ।

फिल्मको निर्देशक बन्नु अघि भट्टराई मह संचारका उत्पादनहरुमा सहायक निर्देशकको भूमिकामा सक्रिय थिए । हाल उनी एक टेलिभिजन रियालिटी शोको निर्णायकको रुपमा सक्रिय छन् । त्यस्तै भट्टराईले अर्को वर्षको दशैँ लक्षित गर्दै फिल्म निर्देशनको घोषणा गरिसकेका छन् ।

झरना थापा
निर्देशकको रुपमा २ वटा फिल्ममा सफलता पाएकी निर्देशक हुन् झरना थापा । उनले निर्देशन गरेका ‘ए मेरो हजुर २’ र ‘ए मेरो हजुर ३’ बक्स अफिसमा सफल भएका छन् । उनी हाल सोही फिल्मको सिक्वेल ‘ए मेरो हजुर ४’ को निर्देशन गर्ने तयारीमा रहेकी छिन् ।

निर्देशक बन्नु अघि थापा कलाकारको रुपमा स्थापित थिइन् । त्यस्तै उनी फिल्मको कथा लेखन तथा प्रस्तुतकर्ताको रुपमा समेत सक्रिय छिन् । यदि ‘ए मेरो हजुर ४’ बक्स अफिसमा सफल रहेमा सफल निर्देशकको रुपमा थापाको पनि ह्याट्रिक हुनेछ ।

दीपकराज गिरी
टेलिभिजनको दुनियामा व्यस्त हाँस्य कलाकार दीपकराज गिरी फिल्ममा प्रवेश भएदेखि उनले पनि असफल हुनु परेको छैन । फिल्म ६ एकान ६ बाट निर्माण र अभिनयमा होमिएका दीपकराज गिरी निर्माण पक्षलाई हामीले प्रस्तुत गरिरहेका छौं । पहिलो फिल्म ६ एकान ६ बाट निरन्तर फिल्म निर्माण व्यस्त दीपकराज एकपछि अर्को फिल्ममा सफलता पाईरहेका छन् ।

६ एकान पछि वडा नं ६, छक्का पञ्जा, छक्का पञ्जा २, छक्का पञ्जा ३ र छ माया छपक्कै उनले निर्माण गरेका सफल फिल्महरु हुन् । उनी सफल मात्रै छैनन् । यतिखेर फिल्म क्षेत्रमा व्यवसायिक निर्माताको रुपमा पनि उनी कहलिएका छन् । हाल उनी छक्का पञ्जा ४ निर्माणको तयारीमा जुटेका छन् ।

रोहित अधिकारी
२ फिल्म निर्माण गरेका रोहितले पनि असफल हुनु परेको छैन । उनले पहिलो पटक हेमराज विसीसँगको सहकार्यमा फिल्म ‘गाजलु’ निर्माण गरेका थिए । त्यस्तै उनले फिल्म ‘छ माया छपक्कै’ पनि निर्माण गरे । फिल्म वर्ष २०७६ को सर्वाधिक कलेक्शन गर्ने मध्येको एक हो ।

‘छ माया छपक्कै’ मा उनले नाफाको प्रतिशत बाँडफाँडको शर्तमा दीपकराज गिरी समूहसँग सहकार्य गरेका थिए । २ फिल्ममा पाएको सफलता पछि अधिकारी अरु फिल्मको निर्माणको तयारीमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close