राष्टियसभा उपनिर्वाचनको अन्तिम तयारी, तीनजना उम्मेदवार सार्वजनिक

माघ २५ मा हुन गइरहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले लुम्बिनी प्रदेशमा हुने निर्वाचनका लागि सोमबार तीनजना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचनको अन्तिम तयारी पुरा गरेको हो ।
एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचनअन्तर्गत मतदान हुँदैछ ।
निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरुलाई चुनाव चिह्नसमेत प्रदान गरि सकिएको जानकारी दिनुभयो ।
उहाँको अनुसार एमालेवाट कुमार दसौती, नेपाली कांगेसका माधवपसाद आचार्य, नागरिक उन्मुक्तिवाट राजेन्द्रवीर राय रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close