राप्रपा अध्यक्ष लिङ्देन बेलायतमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन  बेलायत भ्रमणमा छन्।

पार्टीको भ्रातृ संगठन प्रवासी नेपाली एकता समाज यूकेको आयोजनामा आइतबार अल्डरशटमा आयोजित एक कार्यक्रममा सहभागी हुन बेलायत आएका हुन्।

प्रवासी नेपाली एकता समाज यूकेका अध्यक्ष रोशन सापकोटाका अनुसार अध्यक्ष लिङ्देन सहित प्रमुख सचेतक ज्ञानबहादुर शाही, केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले सो कार्यक्रमलाई सम्बोधन गर्ने छन्।

उनले बेलायतका विभिन्न सरहमा आयोजित अन्तरक्रिया कार्यक्रममा समेत सहभागी हुने बताइएको छ।

अध्यक्ष सहितको टोली बेलायतको गेटवीक विमानस्थलमा शनिवार दिउँसो आइपुगेका थिए। उनको स्वागतको लागि  समाजका अध्यक्ष रोशन सापकोटा सहित  राप्रपाका नेता कार्यकर्ता  विमानस्थल पुगेका थिए।

अध्यक्ष लिङ्देन आगामी साता नेपाल फर्किने कार्यक्रम तय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close