खोर्के खोलाको सरसफाइ

सुर्खेत, ४ पुस ।
शनिबार खोर्के खोलाको सरसफाइ गरिएको छ । जथाभावी फोहोर फाल्ने र खोला अतिक्रमण गर्ने क्रम बढेपछि खोलामा फालिएको फोहोर उठाएर सरसफाइ गरिएको हो ।
कर्णाली प्रदेशको मुख्य बजार क्षेत्र नजिकै रहेको खोलाको फोहोरले राम्रो सन्देश नजाने भन्दै खोलामा फालिएको फोहोर व्यवस्थापन शुरु गरिएको हो । वातावरण सुुधार समाज सुर्खेतले वीरेन्द्रनगर नगरपालिका, वडा नं. ४ र वडा नं.६ सँगको सहकार्यमा खोलाको सरसफाइ गरिएको हो । सरसफाइमा वडा कार्यालयका कर्मचारी, खोला छेउछाउका स्थानीयको सहभागिता रहेको थियो ।
अक्सफामको सहयोगमा वातावरण सुधार समाज सुर्खेतले सञ्चालन गरेको दिगो फोहोरमैला व्यवस्थापन कार्यक्रमले पुस महिनाका हरेक शनिबार खोलामा फालिएको फोहोर व्यवस्थापनका लागि सहजिकरण गर्ने कार्यक्रम संयोजक जगत कुमार के.सी.ले बताउनु भयो । उहाँले खोलामा फालिएको फोहोरलाई उठाएसँगै खोलामा फोहोर फाल्नेलाई कानुन अनुसार कारवाहीका लागि सम्बन्धित निकायलाई आग्रह समेत गरेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close