प्रतिवद्धता पुरा गर्छूः उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचनका क्रममा मतदातासँग गरिएका प्रतिवद्वता कार्यान्वयतर्फ आफू लागिरहेकाे बताएका छन् । उपसभापति खड्काले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा कर्णालीका विभिन्न जिल्लामा भएका चुनावीसभाहरूमा आफूसहित तत्कालीन गठबन्धनका तर्फबाट गरिएका प्रतिवद्वताहरू कार्यान्वयन हुने बताए ।

उपसभापति खड्काले चुनावी अभियानका क्रममा गरिएका प्रतिवद्वताप्रती प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ पनि प्रतिवद्व रहेकाे बताए । `प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा कर्णालीका विभिन्न जिल्लामा भएका आमसभाहरूमा विकासका दृष्टिले पछाडि परेकाे कर्णालीलाई अन्य प्रदेशमा बजेट धेरै छुट्याउने, कर्णालीकाे तिब्रतर विकास गरेर देशकै समृद्ध र विकसित प्रदेश बनाउने प्रस्ताव मैले राखेकाे थिएँ, त्यसमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले सहमति जनाउनु भएकाे थियाे,´ आफ्नाे निर्वाचन क्षेत्रमा आयाेजित विभिन्न कार्यक्रमलाई सम्बाेधन गर्दै उपसभापति खड्काले भने, `चुनावका बेला कर्णालीका मतदातासँग गरिएका प्रतिवद्वताप्रती प्रधानमन्त्री प्रचण्ड अहिले पनि प्रतिवद्व हुनुहुन्छ ।´

उपसभापति खड्काले प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि बधाई दिने क्रममा आफूले कर्णालीका मतदातासँग गरिएका बाचाकाे स्मरण गराएकाे सुनाए । `कर्णालीमा आयाेजित चुनावी कार्यक्रममा गरिएका प्रतिवद्वताप्रति प्रती पूर्ण प्रतिवद्व छु,´ प्रचण्डसँग भएकाे कुराकानीबारे मतदातासँग जानकारी गराउँदै उपसभापति खड्काले भने, `अहिलेकाे राजनीति समीकरणले कर्णालीकाे विकास र समृद्धिमा कुनै किसिमको समस्या आउँदैन् ।´

उपसभापति खड्काले चुनावका बेला गरिएका प्रतिवद्वता अनुसार कामहरू सुरू गरिएकाे जानकारी पनि दिए । `भेरीगंगा उपत्यका नमुनाकाे आधुनिक शहर निर्माणकाे काम अघि बढेकाे छ, रामघाटमा विमानस्थलकाे काम पनि सुरू भएकाे छ,´ उपसभापति खड्काले भने, `प्रादेशिक सरूवा राेग अस्पताल, मदन भण्डारी राजमार्ग, १३२ केभीकाे विद्युत प्रसारण लाइनसँगै अधुरा विकास याेजनाले गति लिन थालेका छन् ।´

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close