
खोटाङमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। घर नजिकैको भिरबाट लडेर रावाबेसी गाउँपालिका–४ डुम्रेधरापानी आहालेका ६४ वर्षीय बिर्खबहादुर गुरुङको ज्यान गएको हो।
हिजो बेलुका हिँडिरहेका बेला भिरबाट दुई सयमिटर तल खसेर गम्भीर घाइते भएका गुरुङको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा बाटामै ज्यान गएको प्रहरीले जनाएको छ।
दिक्तेल लैजानेक्रममा रावाबेसी गाउँपालिका–१ कुभिन्डे वडा कार्यालय नजिकै पुगेपछि गुरुङको ज्यान गएको स्थानीयले बताएका छन्।
गएराति प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्क लगिएको शव शनिबार आज बिहान पोष्टमार्टमपछि आफन्तलाई जिम्मा दिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनुकुमार कार्कीले बताउनुभयो।