स्याङ्जाकी अनिता बिन्दुलाई कांग्रेस संस्थापनले दियो युनियन अध्यक्षको टिकट

काठमाडौँ , ३ साउन । नेपाली कांग्रेसको संस्थापन पक्षले नेपाल प्रेस युनियनको अध्यक्षमा अनिता बिन्दुलाई उठाउने भएको छ।नेपाल पत्रकार महासंघकी पूर्वउपाध्यक्षसमेत रहेकी उनलाई सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले युनियन अध्यक्षमा उठाउने निर्णय गरेको हो।
स्रोतका अनुसार अध्यक्षको दौडमा रहेका अर्का दाबेदार सरोजराज अधिकारी अब वरिष्ठ उपाध्यक्षमा उठ्ने भएका छन्। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीष्मराज ओझाले महासचिवमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ। त्यस्तै महासचिवमा दाबी गरेका केशव सावद अब उपमहासचिवमा लड्ने भएका छन्।
अनिताले मंगलबार दिउँसो १ बजे होटल इन्द्रेणीबाट आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गर्नु हुने छ । त्यसैगरी उपाध्यक्ष, उपमहासचिव र कोषाध्यक्षसहित अन्य पदमा उठाउने उम्मेदवारबारे संस्थापनले छलफल गरिरहेको छ।

युनियनको अध्यक्षमा संस्थापन इतरबाट शिव लम्सालले दाबी गरिरहेका छन्। त्यसैगरी लम्सालसँगै दीपक आचार्य पनि अध्यक्षको दौडमा छन्। इतरबाट महासचिवमा खिला कार्की, नकुल अर्याल, दिलिप पौडेल र रमेश वाग्ले दौडमा छन्।

युनियनको उपमहासचिवको दौडमा युवराज गौतम, सुलोचना गौतम, भुवन शर्मा, कुसुम बिक पनि छन्। कोषाध्यक्षमा माधव धिताल, पदमराज जोशी र मित्र भण्डारीले इच्छा देखाएका छन्। सचिवमा खगेन्द्र भण्डारी, मेनुका ढुंगाना, लोकेन्द्र भट्ट, विजय रेग्मी, तीर्थ बस्नेत, कालिका महत, राधा खनाल, टीकाराम सुनार र एलपी देवकोटा पनि दौडमा छन्।
यसअघि युनियनको नेतृत्व सर्वसम्मत चयन गर्ने कोसिस भएको थियो। संस्थापनले अध्यक्ष र इतरले महासचिव लिने गरी छलफल भएको थियो। तर सहमति हुन नसकेपछि हेटौँडामा आगामी ६ र ७ गते हुने महाधिवेशनमा निर्वाचनबाटै नेतृत्व छानिने भएको छ।।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close