सुर्खेतका ८ पालिकामा मतगणना जारी, काँग्रेस र एमाले बीच कडा प्रतिस्प्रर्धा

३\३ पालिकामा काँग्रेस र एमालेका अग्रता कायम

सुर्खेत १ जेठ ।
गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको सुर्खेतका ९ मध्ये ८ वटा पालिकाको मतगणना कार्य जारी रहदाँ नेपाली काँग्रेस र नेकपा एमालेले ३÷३ वटा पालिकामा अग्रता कायम गरेको छ । नेपाली काँग्रेले सुर्खेतको पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका र भेरीगंगा नगरपालिकाको मेयरमा अग्रता कायम गरेको छ । त्यसै गरी उपप्रमुखमा पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका र चौकुने गाउँपालिकामा अग्रता कायम गरेको हो ।
नेकपा एमालेले यो समाचार तयार पार्दासम्म वीरेन्द्रनगर नगरपालिका, लेकवेशी नगरपालिका र चिंगाड गाउँपालिकामा प्रमुख र उपप्रमुखमा अग्रता कायम गरको छ । यता वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा वडा नं. १ मा नेपाली काग्रेस दिनेश खत्री निर्वाचित भएका छन् भने वडा नं. १६ मा एमालेका डण्ड बहादुर विश्वकर्मा निर्वाचित हुनु भएको छ । हाल अन्य वडाहरुको गणना भईरहेको छ ।
सुर्खेतको चौकुने गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादीको अग्रता रहेको छ भने बराहताल गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले बराबर मत ल्याएका छन् । त्यस्तै माओवादी केन्द्रले भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाको उपप्रमुख पदमा अग्रता कायम गरेको छ ।
यता सिम्ता गाउँपालिकाको भगवती मावि खनेटा मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर विनाको मतपत्र भेटिएको आरोपमा स्थगित भएको मतदान जेठ २ गते भएपछि मात्र मतगणना गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close