सुदूरपश्चिम प्रदेशको ६ महिनामा १०.०९ प्रतिशत बजेट खर्च

कैलाली, माघ ४ । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको ६ महिनामा १०.०९ प्रतिशत बजेट खर्च गरेको छ ।

पुस मसान्तसम्म दुई अर्ब ८६ करोड ८२ लाख ७५ हजार रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले ६ महिनामा ४.९५ प्रतिशत बजेट खर्च गरेको थियो ।

यो आर्थिक वर्षमा पुस मसान्तसम्म चालूतर्फ एक अर्ब ५२ करोड २९ लाख ८२ हजार र पुँजीगततर्फ एक अर्ब ३४ लाख ५२ करोड ९३ हजार रुपैयाँ बजेट खर्च भएको जनाइएको छ ।

गत आर्थिक वर्षको तुलनामा यो वर्ष बजेट खर्च प्रगति उत्साहजनक रहेको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बताए ।

बजेट खर्च गत वर्षकोभन्दा सुधार भएको भन्दै उनले शतप्रतिशत बजेट कार्यान्वयन गर्नतर्फ प्रदेश सरकार लागिरहेको उल्लेख गरे ।

मन्त्री बोहराले अरु मन्त्रालयसँग आवश्यक समन्वय अघि बढाइएको र सरकार अत्यन्त सजग भएर बजेट खर्च र विकास निर्माणका काममा लागिपरेको बताए ।

चालू आर्थिक वर्षका लागि तोकिएको ८८ करोड ६४ लाखमध्ये हालसम्ममा ४९ प्रतिशत अर्थात् झन्डै ४० करोड ७ लाख रुपैयाँ राजश्व संकलन भइसकेको पनि उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close