हिमपातसँगै हिमालपारीका जिल्लाहरुको जनजीवन कष्टकर

देशैभरी पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आएको छ । मौसमको खराबीका कारण हिमालपारीको जिल्लाहरुमा हिमपात शुरु भएको छ ।

सोमवार बेलुकीदेखि परेको हिमपातले मनाङको जनजीवन झन कष्टकर बनेको छ।

केहिदिन अगाडि खोला जमेर खानेपानीको अभाव झेल्दै आएका यहाँका मानिसलाई हिमपातले घर भित्रै थन्काएको छ ।

मानिस त जसोतसो घर भित्र छन अझ समस्यमा त गाईबस्तु र चराचुरुङ्गी परेका छन ।

हिमपातसँगै यहाँका बिकास निर्माणका कामहरु पनि ठप्प भएका छन् ।

बर्षामा बाढी पहिरो र हिउँदमा हिमपातका कारण बिकास निर्माणले गति लिन नसकेको पुर्बाधार बिकासका प्रमुख नविनचन्द्र अधिकारीले बताउनु भयो ।

हिमपातका कारण खेतीबाली सप्रने भएपनि जनजीवन प्रभावित भएको छ ।

कोरोना माहमारीमा जिल्ला भित्र रहेका मनाङबासी हिमपातको असर थेग्न फेरि बाध्य भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close