दक्षिण अफ्रिकी सुन्दरीले २६ वर्षीया जोजिबीनी तुन्जीले मिस युनिभर्सको विजेता

विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा मिस युनिभर्सको ताज २६ वर्षीया जोजिबीनी तुन्जीले मिस युनिभर्सको उपाधि जितेकी छिन् ।

जर्जियाको एटलान्टामा आइतबार सम्पन्न प्रतियोगितामा दक्षिण अफ्रिकी सुन्दरीले मिस युनिभर्सको ताज जितेकी हुन् ।उनले महिला सशक्तीकरणका विषयमा प्रस्तुति दिएकी थिइन् । उनले आफ्नो भाषणमा युवापुस्तालाई आत्मविश्वास बनाउनुपर्ने धारणा राखेकी थिइन् ।

उनले भनिन्, ‘म यस्तो संसारमा हुर्केँ कि, जहाँ मेरो छाला र कपालको बनावट भएकी महिलालाई कहिल्यै सुन्दर मानिँदैन, तर अब यस्तो समय नरहेको मलाई लाग्छ ।’

उनले ९० प्रतिस्पर्धीलाई हराएर मिस युनिभर्सको ताज पहिरिइन् । उनलाई फिलिपिन्सकी क्याट्रीओना ग्रेले ताज पहिराइदिइन् ।ग्रे सन् २०१८ की मिर्स युनिभर्स विजेता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close