Murti

सिमा विवाद राजनीतिक र कुटनैतिक तबरले समाधान खोज्नु पर्छ :प्रचण्ड

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला राजनीतिक र कूटनीतिक पहलबाट संवाद गरेर कालापानी सीमा समस्याको समाधान गर्ने कोशिश गर्नुपर्ने बताएका छन् । प्रेस सङ्गठन नेपालद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले कालापानीको विषयलाई अन्तरराष्ट्रियकरण गर्न पाइँदैन, आवश्यक छैन भन्ने भाषामा आफूले नभनेको बताउँदै शुरुमा नै अन्तरराष्ट्रियकरण गरिएमा समस्या झन् जटिल बन्ने विचार व्यक्त गरे ।

सर्वपक्षीय सर्वदलीय बैठकको सुझावानुसार नै सरकारले सो विषयमा भारतलाई पत्र पठाएको बताउँदै त्यसको जवाफ भने आइनसकेको बताए । पत्रकारको प्रश्नमा उनले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे सर्वपक्षीय सर्वदलीय बैठक गरेर सरकारले आफ्नो धारणा स्पष्ट पारिसकेको बताउँदै भने,“लिम्पियाधुरा नै महाकाली नदीको मुहान हो, महाकाली सीमा नदी हो, यसमा कहीँ कतै अन्योल छैन ।”

उहाँले प्रधानमन्त्री अस्पतालमा उपचाररत रहेको अवस्थामा अर्का अध्यक्षले अध्ययन भ्रमणमा जाने कुरा स्वाभाविक नदेखिँदा हाललाई चीन भ्रमण स्थगन गरिएको स्पष्ट गरे । पूर्वप्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा र निर्वाचनका चरणपछि अब अलि बढी ध्यान राज्यद्वारा विगतमा पछि पारिएका क्षेत्रका जनताको विकास र समृद्धिमा केन्द्रित हुनुपर्छ भन्ने पार्टीको नीति रहेको स्पष्ट पारे । मन्त्रिपरिषद् पुनःगठनपछि सरकारको काममा गति आउने अपेक्षा र विश्वास जनता, सरकार र पार्टीले गरेको पनि उनले बताए ।

यस कारण रोकियो माधव नेपालको दिल्ली भ्रमण
भारतीय नक्सामा नेपाली भूमि समेटिएको विषयमा कुरा गर्न विशेष दूत बनेर दिल्ली जान लागेका नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भ्रमण तत्कालका लागि रोकिएको छ।

भारतीय पक्षले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि समय नदिएपछि तत्कालका लागि उनको भारत भ्रमण रोकिएको हो।‘विशेष दूतले कार्यकारी प्रमुखसँगै भेट गर्नुपर्ने हुन्छ’, स्रोतले भन्यो, ‘तर, अहिलेसम्म भारतीय पक्षले समय दिएको छैन।’ मंसिर ४ गतेको नेकपा सचिवालय बैठकमा माधव नेपाललाई विशेष दूतको रुपमा दिल्ली पठाउने विषयमा छलफल भएको थियो। छलफल अनुसार नै वरिष्ठ नेता नेपालले प्रक्रिया अगाडि सारेका थिए।

यो विषयमा भारतीय पक्षले समय नदिएपछि बुधबारको सचिवालय बैठकमा माधव नेपालले ब्रिफिङ गरेका हुन्। नेकपा सचिवालय बैठकमा समय मिलाउने प्रयास भइरहेकको नेता नेपालले बताएका छन्।

नेपालबाट जाने विशेष दूतसँग भेटवार्ताको समयका लागि परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको छ। नेपाल भारत सीमा विवाद समाधानका लागि प्रधानमन्त्री केपी ओलीले कात्तिक २३ गते सर्वदलीय बैठक गरेका थिए। बैठकमा सबै नेताले राष्ट्रियताको विषयमा एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close