भारतमा २४ घण्टा भित्र ९० हजार संक्रमित थपिए

भारतमा कोरोना संक्रमित थपिने दर तिव्र रुपमा बढ्दै गएको छ। त्यहाँ एकैदिन ९० हजार भन्दा धेरै संक्रमित थपिएका छन्।  पछिल्लो २४ घन्टामा भारतमा ९० हजार ६ सय संक्रमित थपिँदा कुल संक्रमितको संख्या ४१ लाख ११ हजार पुगेको छ। कोरोनाका कारण हिजो १ हजार भन्दा मानिसको मृत्यु भएसँगै कुल मृतकको संख्या ७० हजार ६ सय नाघेको छ।

अमेरिकामा ४० हजार ७ सय भन्दा धेरै संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६४ लाख २९ हजार ८ सय पुगेको छ। सात सय मानिसको मृत्यु भएसँगै कुल मृतकको संख्या १ लाख ९२ हजार ८ सय पुगेको छ।  अमेरिकामा हालसम्म ६४ लाख २९ हजार ८ सय मा कोरोना संक्रमण हुँदा ३७ लाख ६ हजार ७ सय मानिस संक्रमण मुक्त भएका छन्। पछिल्लो विवरण अनुसार विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ७० लाख ४३ हजार भन्दा धेरे पुगेको छ भने ८ लाख ८२ हजार ९ सय जनाको मृत्यु भएको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close