रकेट आक्रमणपछि प्यालेस्टिनीहरूलाई दक्षिणी गाजा खाली गर्न इजरायलको आदेश

 इजरायली सेनाले प्यालेस्टिनीहरूलाई दक्षिणी गाजाको खान युनिसको पूर्वी भाग खाली गर्न आदेश दिएको छ । इजरायलतर्फ रकेट प्रक्षेपण गरेपछि यो आदेश दिइएको हो । यहाँ बसोबास गर्ने मानिसहरूले एउटा अडियो सन्देश पाएका थिए ।

यसमा उनीहरूलाई सो क्षेत्र खाली गर्न भनिएको थियो । यसपछि इजरायली सेनाले सामाजिक सञ्जालमा अरबी भाषामा यस सम्बन्धमा एउटा पोस्ट पनि शेयर गर्‍यो प्रत्यक्षदर्शीका अनुसार यहाँबाट धेरै मानिसहरू भागेका छन् । इजरायलतर्फ २० रकेट प्रहार भएपछि इजरायली सेनाले यो निर्णय गरेको हो । पछिल्ला केही महिनामा इजरायलमा भएको यो पहिलो ठुलो आक्रमण हो । केही मिसाइलहरू इजरायलले खसालेका थिए र केही रकेटहरू खाली जमिनमा खसेका थिए । आक्रमणमा कुनै हताहत नभएको बताइएको छ । प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)ले इजरायलको अपराधको जवाफमा बम विस्फोट गरेको बताएको छ ।

मानिसहरूलाई निकाल्न आदेश दिइएको ठाउँ खान युनिसको दक्षिण पूर्वमा रहेको युरोपेली अस्पताल वरपरको क्षेत्र हो । स्थानीय रिपोर्टका अनुसार अस्पतालका कर्मचारीहरूले खान युनिसको नासिर अस्पतालमा केही अत्यावश्यक उपकरणहरू सार्न थालेका छन् । केही कर्मचारी र बिरामीहरूले पनि त्यहाँबाट बाहिरिएका छन् । गाजाको उत्तरी भागमा पर्ने शेजैयामा पाँचौँ दिन पनि भीषण लडाई जारी छ ।दक्षिणी रफाहमा भिडन्तमा एक इजरायली सैनिकको मृत्यु भएको थियो । आफ्ना सेनाहरू प्यालेस्टिनी क्षेत्रहरूमा कडा लडाइँमा संलग्न रहेको आइतबार इजरायली नेता बेन्यामिन नेतान्याहूले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close