राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावमा बहुमत

अमेरिकी संसदको तल्लो सदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको प्रस्तावमा बहुमत सदस्यले महाअभियोगको पक्षमा मत हालेका छन्।  ट्रम्पको विरुद्धमा भएको मतदानमा पार्टीको लाइनअनुसार नै महाअभियोगको पक्षमा २२९ र विपक्षमा १९७ मत परेको थियो । तल्लो सदनमा विपक्षीको बहुमत भएकाले यो प्रस्ताव पास हुने निश्चित थियो । तर,अहिले नै ट्रम्प पदबाट हट्ने भने होइनन्। किनकि यो प्रस्ताव दुई तिहाइले माथिल्लो सदनबाट पनि पास हुनुपर्छ। माथिल्लो सदनमा भने ट्रम्प पक्षधर रिपब्लिकनको बहुमत रहेको छ।  सो सम्बन्धि प्रक्रिया आउँदो जनवरीमा मात्रै सुरु हुने जनाइएको छ।

ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया संसदमा चलिरहेको बेलामा ट्रम्पले सभामुख नान्सी पेलोसीलाई मंगलबार एउटा पत्र पठाएका थिए। आफूले डेमोक्र्याट्स पार्टीका तर्फबाट अघि बढाइएको महाअभियोगको कडा रुपमा विरोध गर्ने जनाउँदै उनले यो  महाअभियोग अमेरिकाको अढाइ दशक यताको इतिहासमा डेमोक्रयाट्स सांसदबाट अप्रत्याशित र असंवैधानिक रुपमा शक्तिको दुरुपयोग भएको आरोप लगाएका थिए। उनले महाअभियोग जस्तो खराब विषयलाई सस्तो बनाउने काम सभामुखले गरेको समेत आरोप लगाएका थिए। उनले महाअभियोगको प्रक्रिया अघि बढाएर सभामुखले आफूले लिएको शपथको पनि उल्लंघन गरेको र सभामुखले अमेरिकाको लोकतन्त्रमाथि युद्धको घोषणा गरेको समेत  राष्ट्रपतिले आरोप लगाएका थिए। ट्रम्पले डेमोक्र्याट्स नेता जो बाइडेनलाई छानबिन गर्न युक्रेनका प्रधानमन्त्रीलाई आग्रह गरेको विषयलाई लिएर महाअभियोग प्रक्रिया अघि बढेको हो। ट्रम्पलाई आफ्नो बयान दिन आग्रह गरिएपनि उनले यो प्रक्रियालाई छल्दै आएका थिए।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close