कोरोनाको महामारी लामो समय रहन्छ : विश्व स्वास्थ्य संगठन

काेरोना भाइरसलाई महामारी घोषणा गरेको छ महिनापछि बसेको विश्व स्वास्थ्य संगठनको बैठकले यो लामो समयसम्म रहने निष्कर्ष निकालेको छ।

बैठकपछि संगठन प्रमुख डा टेड्रोस घेब्रेयेससले कोरोना महामारी लामो समयसम्म रहने देखिएको बताए। सगठनले यसै वर्ष जनवरी ३० मा कोरोनालाई महामारी घोषणा गरेको थियो। यो अवधिदेखि हालसम्मको अवस्था मूल्यांकनका लागि गत शुक्रबार विश्व स्वास्थ्य संगठनको आपतकालीन बैठक बसेको थियो।

कमिटिले यो भाइरसका कारण आएको महामारी अब पनि कायमै रहेको निष्कर्ष निकालेको छ। डा घेब्रेयेससले अझै पनि यसको खतरा कायम रहेको बताए।

‘धेरै देशलाई लागेको हुनसक्छ कोरोनाको खराब समय आएर गयो तर त्यहाँ दोस्रो लहर देख्न थालिएको छ ’ उनले भने,  ‘शुरुवाती सप्ताहमा जहाँ संक्रमणको संख्या कम थियो अहिले तीव्र गतिमा बढिरहेको छ ।’

तीन महिनापछि फेरि कमिटिको बैठक हुने र  कोरोनाको स्थितिको समीक्षा गरिने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close