इजरायली आक्रमणबाट सिरियामा कम्तिमा २३ जना घाइते

इजरायलले मध्यरातमा गरेको छापामार शैलीको हवाई हमलाका कारण पूर्वी सिरियामा कम्तिमा २३ जनाको मृत्यु भएको वार मोनिटरले जनाएको छ । सने् २०१८ पछिको यो घातक हमलामा कम्तिमा ७ सिरियाली सैनिक र १६ जना हतियारधारीहरु मारिएको जनाइएको छ ।

पूर्वी शहर देर अज जोरदेखि सिरिया र ईराकको सीमा क्षेत्र अल बुकामलसम्म ईजरायली एयरफोर्सले १८ पटकभन्दा धेरै आक्रमण गरेको मानवअधिकारका लागि सिरियाली पर्यवेक्षक समूहले जनाएको छ । यस हमलाका सातजना सिरियाली सैनिक र १६ जना गैर सिरियाली  हतियारधारीहरुको मृत्यु भएको बताइएको छ, यद्यपी ती हतियारधारीहरुको राष्ट्रियता भने खुलकेको छैन ।

लेबनानी हिजबुल्लाह अभियानसँग सम्बन्ध राख्ने अर्धसैनिक र ईरान पक्षधर अफगानी लडाकुहरुको फातिमिद ब्रिगेडले यस क्षेत्रमा आफ्ना गतिविधि सञ्चालन गर्ने गरेको बेलायतस्थित सिरियाली पर्यवेक्षक समूहले जनाएको छ ।
यस घटनामा घाइते हुने सैनिक र हतियारधारीहरुको संख्या २८ रहेको र उनीहरुमध्ये कतिपयको अवस्था गम्भिर रहेको बताइएको छ ।

आक्रमणबारे जानकारी पाएका एक अमेरिकी वरिष्ठ गुप्तचर अधिकारीले एशोसियट प्रेसलाई दिएको जानकारी अनुसार अमेरिकाले नै दिएको गोप्य जानकारीका आधारमा यो आक्रमण गराइएको थियो, सिरियामा रहेका वेरहाउसहरुमा शृंखलावद्ध रुपमा आक्रमण केन्द्रीत रह्यो । अधिकारीका अनुसार ती वेरहाउसलाई ईरानले आफ्ना हतियार भण्डारण गर्ने पाइपलाईनको एउटा हिस्साका रुपमा प्रयोग गरिरहेको थियो । ईरानको आणविक कार्यक्रमलार्य सहयोग गर्ने तत्वहरुको पाइपलाइनका रुपमा पनि वेरहाउस प्रयोग भइरहेको ती अधिकारीले बताए ।

यसबारे इजरायली अधिकारीहरुले कुनै टिप्पणी गरेका छैनन् । सिरियाली सरकारी समाचार एजेन्सी सानाले पनि आक्रमणको पुष्टि गरेको छ, तर बिस्तृत विवरण दिएको छैन । ‘बिहान १ बजेर १० मिनेट जाँदा ईरायली शुत्रुले देर इज्जोर र अल बुकामाल क्षेत्रमा हवाई हमला गरेका छन्,’ सैन्य स्रोतलाई उद्धृत गर्दै सानाले लेखेको छ । आक्रमणको क्षतिबारे विवरण संकलन गर्ने र त्यसलाई पुष्टि गर्ने काम भइरहेको समाचारमा जनाइएको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close