उत्तर कोरियाद्वारा दक्षिण कोरियामा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले शनिवार अप्रत्याशित अभ्यासका रूपमा एक अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र आईसीबीएम प्रहार गर्दै उक्त हतियारको विश्वसनीयता पुष्टि गरेको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
६७ मिनेटसम्म उडेपछि ९०० भन्दा धेरै किलोमिटर पर सी अफ जापानमा उक्त क्षेप्यास्त्रलाई खसालिएको थियो ।
प्योङ्याङले उक्त परीक्षणमार्फत त्यस क्षेप्यास्त्र अमेरिका र दक्षिण कोरियाजस्ता विरोधी पक्षसँग जुझ्न सक्षम भएको देखाएको जनाएको छ ।
यो परीक्षण अर्को महिना वासिङ्टन र सोलबीच हुने संयुक्त अभ्यासहरूअघि भएको हो । यो अर्को महिना वासिङ्टन र सोलबीच हुने संयुक्त अभ्यासहरूअघि भएको हो ।
ती सैन्य अभ्यासहरू उत्तर कोरियाका बढ्दो परमाणु जोखिम सामना गर्ने गरी तय गरिएका छन् ।
प्योङ्याङका अधिकारीकाहरूले त्यस्ता कुनै अभ्यासहरूविरूद्ध अभूतपूर्व रूपमा कडा प्रतिरोध गर्ने धम्की दिएका छन् ।
जसलाई उनीहरूले उत्तर कोरियामा अतिक्रमण गर्ने तयारीका रूपमा बुझेको बताएका छन् । शनिबार सबेरै उत्तर कोरियाली नेता किम जङ् अनकी बहिनी किम यो जङले पुनः यसलाई दोर्होयाएकी थिइन् ।
उनले जुन कुनै शत्रुतापूर्ण कार्यहरूको कडा र भयानक जवाफहरू हुने बताइन् । उनले अमेरिकालाई उत्तर कोरियाली शासनलाई खतरामा पार्ने खालका गतिविधिहरू बन्द गर्न आह्वान गरिन् । –बीबीसी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close