Murti

जिल्ला नेतृत्व सहमतिमा चयन गर्न युवा नेता ओलीको सुझाव

नेपाली काँग्रेस दैलेखका प्रभावशाली युवा नेता एवम गुराँस गाउँपालिका दैलेखका अध्यक्ष खेमराज ओलीले दैलेख जिल्लाका नेपाली काँग्रेसका नेताहरुलाई जिल्लाको नेतृत्व सहमतिमा गर्न कार्य योजना सहित सुुझाव पेश गर्नु भएको छ ।

उहाँले पेश गरेको सुझावमा सभापतिमा पौडेल समुह, दुुइ जना उपसभापतिमा देउवा समुह, सचिवमा दुवै समुहबाट एक एक जना र सहसचिवमा दुवै जना पौडेल समुहबाट हुनुपर्ने उल्लेख छ ।

दैलेखको दुवै निर्वाचन क्षेत्रमा अधिवेशनको मत परिणाम अनुसार भने देउवा समुह कमजोर देखिएको छ । मंगलबार भएको प्रतिनिधिसभा क्षेत्र अधिवेशन अन्तर्गत दुवै निर्वाचन क्षेत्रमा काँग्रेसका वरिष्ठ नेता पौडेल पक्षले आफ्नो वर्चश्व कायम राख्न सफल भएको थियो।

यता शुक्रबार हुने जिल्ला अधिवेशनमा जिल्ला सभापतिका लागि पौडेल पक्षबाट र संस्थापन पक्षबाट वेग्ला वेग्लै व्यत्तिकाे चर्चा गरिएकाे छ   ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close